महेश सिंह/सिरहा - वैदेशिक रोजगारीमा ज्यान गुमाएका पीडित परिवारलाई सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड लहान शाखाको प्रबन्धक उपेन्द्र नारायण महतोद्वारा १२ लाखको चेक हस्तान्तरण गरिएको छ ।
सप्तरीको राजबिराज नगरपालिका- १४ प्रसाही बस्ने रामदेव मण्डल र मीनादेवी मण्डलका ३३ वर्षका छोरा राजेशकुमार मण्डलले वैदेशिक रोजगारीका सिलसिलामा साउदीमा २०७८ फल्गुण १ गते ज्यान गुमाएपछि कम्पनीले उनकी श्रीमती पुनमकुमारी मण्डललाई १२ लाखको चेक हस्तान्तरण गरेको हो ।