बैशाख ७, २०७९ बुधबार

 

काठमाडौं : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी बुधबारदेखि  काममा फर्किएका छन्। सर्वोच्च अदालतले मंगलबार अल्पकालीन अन्तरिम आदेश दिएसँगै अधिकारी  काममा फर्किएका हुन्।

सर्वोच्चले मन्त्रिपरिषद्को निर्णय र अर्थ मन्त्रालयले चैत २५ गते अधिकारीको नाममा जारी गरेको पत्राचार तत्काल कार्यान्वयन नगर्न र नगराउन आदेश दिएको हो। सरकारले आफूलाई गरेको निलम्बन कानुनविपरीत भएको भन्दै गभर्नर अधिकारीले आइतबार रिट दायर गरेका थिए।