नेपाल सुनचाँदी महासंघको मूल्यसूचीअनुसार बुधबार सुनको भाउ प्रतितोला एक हजार ५०० रुपैयाँ र चाँदी ३५ रुपैयाँले घटेको छ ।
अघिल्लो कारोबार दिन मंगलबार एक लाख दुई हजार १०० रुपैयाँ प्रतितोला कारोबार भइरहेको छापावाल सुन आज घटेर एक लाख ६०० रुपैयाँमा कारोबार हुने भएको हो । यसैगरी मंगलबार एक लाख एक हजार ६०० रुपैयाँ रहेको तेजावी सुनको मूल्य आज घटेर एक लाख एक सय रुपैयाँ कायम भएको छ ।
मंगलबार स्थिर रहेको चाँदीको भाउमा पनि आज उच्च गिरावट आएको छ । यसअघि एक हजार ४२० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज एक हजार ३८५ रुपैयाँ रहेको महासंघले जनाएको छ ।