कपिलवस्तु । जिल्लाको गोरूसिंहेस्थित नेपाली सेनाको समशेर दल गणभित्र बुधबार साँझ ७ बजेतिर गोली चलेको छ । गोली चल्दा गणको भित्रि पोष्टमा कार्यरत झापा गौरादह-१ की २४ वर्षीया कोपिला राजवंशी गम्भीर घाइते भएकी छिन् ।
गोली लागेको अवस्थामा बुधबार राति लुम्बिनी प्रादेशिक अस्पताल बुटवल ल्याइएकी उनको उपचार हुन नसकेपछि तत्कालै भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजमा लगिएको थियो । त्यहाँ पनि उपचार सम्भव नभएपछि काठमाडौँ ल्याइएको सैनिक स्रोतले जनाएको छ ।
उनको छाती र पेटमा दुई वटा गोली लागेको छ । सैनिक स्रोतले राजवंशी आफैँले गोली चलाएको दाबी गरे पनि घटना कसरी भएकोबारे अहिलेसम्म खुलाइएको छैन ।