बैशाख ८, २०७९ बिहिबार

नेपाली बजारमा आज बिहीबार सुनको भाउ बढेको छ भने चाँदीको भाउ घटेको छ । छापावाल सुन आज प्रतितोला ३ सय रुपैयाँले बढेर १ लाख ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार १ लाख ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै महासंघका अनुसार तेजावी सुनको मूल्य पनि ३ सय रुपैयाँले नै बढेको छ । आज तेजावी सुन १ लाख ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार तेजाबी सुन १ लाख १ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, चाँदीको मूल्य भने आज ५ रुपैयाँले घटेको छ । आज चाँदी १३ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बुधबार चाँदी १३ सय ८५ रुपैयाँमा कारोबार भएको थियो ।