काठमाण्डौ।
नेपाली बजारमा सामसुङ ए अन्तर्गतको नयाँ ‘ग्यालेक्सी ए–७२’ सार्वजनिक भएको छ। ६.७ इन्चको डिस्प्ले रहेको यो फोनमा पाँच हजार एमएएचको ब्याट्री पावर छ।
फोन ग्राहकले ८ जिबी र्याम १२८ स्टोरेजमा पाउँछन्। यो २५६ जिबी स्टोरेजमा पनि रहेको कम्पनीले बताएको छ। मेमोरी कार्डको सहयोगले फोनको स्टोरेज १ जिबीसम्म बढाउन सकिन्छ।
ग्यालेक्सी ए–७२ मा ६४ मेगापिक्सलको क्यामरा छ। अल्ट्रा वाइड एंगल लेन्स १२ र म्याक्रो लेन्स ५ मेगापिक्सलको छ। त्यस्तै यसको अगाडिको क्यामरा ३२ मेगापिक्सलको छ।
यसमा प्रयोगकर्ताले आफ्नो मनपर्ने फोरके भिडिओलाई ८ एमपीको हाइ रिभोलुसनमा हेर्न सक्छन्। २ सय ३ ग्राम तौल भएको यसको लम्बाइ १६५.० एमएम, चौढाई ७७।४ र मोटाई ८.४ एमएमको भएकाले सहजै पकेटमा अटाउन सकिन्छ।
फोनको मूल्य ५१ हजार ९ सय ९९ रुपैयाँ तोकिएको छ। त्यस्तै ८ जिबी र्याम र २५६ जिबी स्टोरेजको भएको फोनको मूल्य ५६ हजार ९ सय ९९ रुपैयाँ छ। उक्त फोन तीन रङ(असम भायोलेट, असम ब्लु र असम ब्ल्याक)मा पाउन सकिन्छ।