नेपाली बजारमा आज शुक्रबार सुनको भाउ स्थिर रहेको छ भने, चाँदीको भाउ घटेको छ । छापावाल सुन आज प्रतितोला १ लाख ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीबार १ लाख ९ सय रुपैयाँमा नै कारोबार भएको थियो ।
त्यस्तै महासंघका अनुसार तेजावी सुनको मूल्य पनि स्थिर रहेको छ । आज तेजावी सुन १ लाख ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार तेजाबी सुन १ लाख ४ सय रुपैयाँमा नै कारोबार भएको थियो ।
त्यसैगरी, चाँदीको मूल्य भने आज २० रुपैयाँले घटेको छ । आज चाँदी १३ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बिहीबार चाँदी १३ सय ८० रुपैयाँमा कारोबार भएको थियो ।