काठमाडौं ।
मोबाईलक पड्कने घटना नेपाल समय समयमा हुने गरेको छ । तर मोबाइल किन पड्किन्छ, कसरी सुरक्षित हुने भनेर धेरैलाई जानकारी नहुन सक्छ । आज हामी मोबाइल पड्किने मुख्य ७ कारणबारे तपाईंहरूलाई जानकारी दिँदै छौं ।
१. फोन निर्माताको त्रुटि
फोन विस्फोट हुनुको एउटा मुख्य कारण निर्माताकै गल्ती र त्रुटि हो । फोनलाई शक्ति प्रदान गर्न लिथियम आयन ब्याट्रीको प्रयोग गरिन्छ । तर निर्माताले उचित परीक्षणबिना फोन बजारमा ल्याउँदा जोखिम निम्तिन सक्छ ।
यसअघि एप्पल, सामसङ, साओमीलगायतका फोन पड्किनुमा कम्पनीकै दोष रहेको पाइएको थियो । उत्पादनका बेला हुने त्रुटिका कारण धेरै प्रयोगकर्ताको ज्यान समेत गएको छ ।
वास्तवमा फोन निर्माण र एसेम्बलका क्रममा हुने गल्तीले ब्याट्रीलाई खराबी गर्न सक्छ र फलस्वरूप विस्फोट हुन सक्छ । जब ब्याट्रीभित्र रहेको सेलमा बढी तातो हुन्छ, जोखिम निम्तिन सक्छ ।
यस्तो क्रिटिकल टेम्प्रेचर विभिन्न कारणले हुन सक्छ । निर्माताले त्रुटिसहित पठाएका फोनमा ओभरहिट हुने सम्भावना हुन सक्छ । सस्तो ब्याट्री छ भने शर्ट सर्किट हुने सम्भावना बढी हुन्छ ।
२. ब्याट्रीमा भौतिक क्षति
फोन विस्फोट हुनुको दोस्रो कारण ब्याट्रीको भौतिक अवस्था हो । यदि ब्याट्रीको अवस्था ठीक छैन भने यसले नोक्सान निम्त्याउन सक्छ । ब्याट्री खोलेर जथाभावी राख्ने, अन्य वस्तुसँगको सम्पर्कमा राख्ने, तातो ठाउँमा राख्ने लगायतका कारण ब्याट्रीको भौतिक अवस्था बिग्रन सक्छ ।
यसले ब्याट्रीको इन्टर्नल मेकानिकल वा रासायनिक संरचना परिवर्तन गर्न सक्दछ, जसले शर्ट सर्किट, ओभर हिटिङ र अन्य जोखिम ल्याउन सक्छ ।
एकपटक ब्याट्री बिग्रिएपछि प्रायः फुल्छ । यसपछि यस्तो फोन प्रयोग नगर्न वा नयाँ खरिद गर्नु नै बुद्धिमानी कार्य हुनसक्छ ।
३.थर्ड पार्टी चार्जरको प्रयोग
यो गल्ती हामीमध्ये धेरैजसोले गरिरहेका हुन्छौं । फोन कम्पनीको चार्जर वा ब्राण्डेड चार्जरबाहेक थर्ड पार्टीको चार्जर प्रयोग गर्नु खतरनाक हुन सक्छ । थर्ड पार्टी चार्जरहरूमा फोनले माग गर्ने विशेष सुविधाहरूको अभाव हुन्छ ।
उस्तै उस्तै देखिने चार्जरले फोनलाई तताउन पनि सक्छ । त्यस्तै फोनको इन्टर्नल कम्पोनेन्ट्सलाई पनि नोक्सान पुर्याउन सक्छ । र, तपाईंको फोनको ब्याट्रीमा ‘बबल्स’ वा ‘शर्ट’ निम्तिन सक्छ ।
यसकारण यदि तपाईं बजारमा सस्तोमा पाइने लोकल ब्राण्डका चार्जर प्रयोग गर्नुहुन्छ भने तपाईंको मोबाइलको लागि हानिकारक छ भनेर बुझ्नुहोस् । चार्जर प्रयोग गर्दा ब्राण्डेड प्रयोग गर्नु नै उपयुक्त हुनेछ ।
४. रातभरको चार्ज
ब्याट्री ओभरहिट हुने अरू पनि कारण छ । यसमध्ये एउटा कारण हो रातभर चार्ज गर्नु । हामीमध्ये धेरैलाई सुत्ने क्रममा फोन चार्जिंङमा राख्ने बानी हुन्छ । यदि तपाईंको फोनको ब्याट्रीमा ओभरहिट हुने समस्या छ भने रातभर चार्ज नगर्नुहोस् । ओभरचार्जिंङले शर्ट सर्किट र कहिलेकाहिँ विस्फोट समेत हुन समेत सक्छ ।
धेरै स्मार्टफोनहरू अहिले विशेष चिपको साथ आउँछन्, जसमा १०० प्रतिशत चार्ज पुरा भएपछि करेन्ट रोकिन्छ । तर अझै पनि सस्ता र पुराना ह्यान्डसेटहरूमा यस्तो फिचर नभएका कारण प्रयोगकर्ताले सतर्कता अपनाउनु नै उचित हुन्छ ।
हिजोआजका मोबाइलमा प्रयोग हुने प्रोसेसर पहिलेको तुलनामा धेरै नै पावरफुल भएका छन् । मोबाइल प्रयोग हुने आर्टिफिसियल इन्टिलिजेन्स प्रविधिले एकपटक मोबाइल चार्ज फुल भएसँगै आफैं चार्जलाई डिस्कनेक्ट गर्छ ।
यो भन्दैमा आफू सुत्ने सिरानीसँगै मोबाइल चार्जमा राख्नु भने त्यति उपयुक्त हुँदैन । यदि मोबाइलमै कुनै समस्या आए शर्ट सर्किट हुनसक्छ ।