समृद्धि फाइनान्स लिमिटेडले चैत्र २९ गते, मंगलबारबाट वैशाख ७ गतेसम्म लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेको अवितरित हकप्रद सेयरमा प्राप्त बोलपत्रहरू भोलि (वैशाख १४ गते, बुधबार) खोलिने भएको छ ।
उक्त बोलपत्रहरू बुधबार दिउँसो ३:३० बजे निष्कासन तथा बिक्री प्रबन्धक बिओके क्यापिटल मार्केट लिमिटेडको कार्यालय, नारायणचौर, नक्साल, काठमाडौँमा खोलिने क्यापिटलले एक सूचना मार्फत् जानकारी दिएको छ ।
कम्पनीले ८ लाख ६७ हजार ३६६ कित्ता संस्थापक समूहको र ७३ हजार १०० कित्ता सर्वसाधारण समूहको गरी कूल ९ लाख ४० हजार ४ सय ६६ कित्ता सेयर लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेको थियो ।
कम्पनीले प्रकाशन गरेको सूचना यस प्रकारको छ:
