बैशाख १३, २०७९ मंगलबार

नेप्सेमा पुन गिरावट आएको छ । अघिल्लो दिन झन्डै ३५ अंकले घटेको नेप्से साताको तेस्रो कारोबार दिन आज मंगलबार पुन १५ दशमलव शुन्य दुुई अंकले घटेर २३ सय ७० दशमलव ९९ अंकमा झरेको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ७४ अंकले घटेर चार सय ५२ दशमलव ९५ अंकमा झरेको छ । दुई सय २८ वटा कम्पनीहरुको २५ हजार सात सय ६६ पटकको कारोबारमा ३४ लाख १९ हजार दुई सय २८ कित्ता सेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम एक अर्ब चार करोड ६० लाख १४ हजार चार सय १७ रुपैंयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहको कारोबार भएकोमा उत्पादनमुलक र सामुहिक लगानी कोष समुहको सुचक झिनो अंंकले बढेर बाँकी समुहको सुचक घटेका छन् । सो मध्ये वाणिज्य बैंक समुहको सुचक पाँच दशमलव १३ अंकले घटेर १५ सय ८९ दशमलव ४३ अंकमा झरेकोमा बिकास बैंक समुहको सुचक ४२ दशमलव एक अंकले घटेर ४१ सय २९ दशमलव ९६ अंकमा झरेको छ । जलबिद्युत समुहको समुहको सुचक पनि ४० दशमलव पाँच अंकले घटेर २६ सय ८० दशमलव १९ अंकमा झरेकोमा निर्जिवन बीमा समुहको सुचक पनि एक सय दशमलव १६ अंकले घटेर १० हजार सात सय ११ दशमलव ६८ अंकमा झरेको छ । जीवन बीमा समुहको सुचक पनि ९५ दशमलव ८५ अंकले घटेर १२ हजार सात सय ४० दशमलव ७७ अंकमा झरेकोमा फाईनान्स, ट्रेडिङ, होटल तथा पर्यटन, अन्य, लघुत्ति र लगानी समुहहरुको सुचक पनि उच्च अंकले घटेका छन् ।

नेप्सेमा आज जाल्पा लघुवित्त वित्तीय संस्थाको प्रतिकित्ता सेयर मुल्य नौं दशमलव ९९ प्रतिशतले बढेर नौं सय ४४ रुपैयाँ ४० पैसा अन्तिम मुल्यमा प्रतिकित्ता सेयर कारोबार हुँदा हिमालयन पावर पार्टनर लिमिटेडको प्रतिकित्ता सेयर मुल्य पाँच दशमलव ४१ प्रतिशतले घटेर चार सय २० रुपैयाँ अन्तिम मुल्यमा प्रतिकित्ता सेयर कारोबार भएको छ । यसैगरी आज सिद्धार्थ बैंकको प्रतिकित्ता तीन सय ९९ रुपैयाँ अन्तिम मुल्यमा चार करोड २१ लाख ८२ हजार छ सय रुपैयाँको सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीहरुको कारोबार रकम मध्येमा सबैभन्दा बढी हो ।