नेपाली बजारमा आज (बुधबार) सुनचाँदीकै घटेको छ । छापावाल सुन आज प्रतितोला ३ सय रूपैयाँले घटेर ९९ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार ९९ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै महासंघका अनुसार तेजावी सुनको मूल्य पनि ३ सय रूपैयाँले घटेको छ । आज तेजावी सुन ९८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार तेजाबी सुन ९८ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, चाँदीको मूल्य आज १० रूपैयाँले घटेको छ । आज चाँदी १३ सय ४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । मंगलबार चाँदी १३ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।