एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको संस्थापक सेयर साधारण सेयरमा परिणत भएको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार कम्पनीको २५ लाख ३९ हजार ८ सय ३५ कित्ता संस्थापक सेयर साधारण सेयरमा परिणत गरिएको हो ।
यो सँगै अब कम्पनीको संस्थापक र साधारण सेयरको संरचना ६०:४० को अनुपात कायम भएको छ ।
