बैशाख १४, २०७९ बुधबार

काठमाडौं, १४ बैशाख । शेयर बजारमा आज सामान्य अंकको सुधार भएको छ । नेप्से परिसुचक आज ५ दशमलव १७ अंकले बढेर २३ सय ७६ दशमलव १७ विन्दु कायम भएको हो ।

त्यस्तै, शेयर बजार मापक सेन्सेटिभ इन्डेक्स आज १ दशमलव ६१ अंकले बृद्धि भएर ४५४ दशमलव ५६ विन्दुमा पुगेको हो ।

आज २२८ कम्पनीको १ अर्ब ८९ करोड ९९ लाख २ हजार ३६ रुपैयाँ बराबरको २८ लाख ८५ हजार ३९ कित्ता शेयर खरिदबिक्री भएको नेप्सेले जनाएको छ ।