बैशाख १५, २०७९ बिहिबार

नेपाली बजारमा आज (बिहीबार) सुनचाँदीकै भाउ घटेको छ । छापावाल सुन आज प्रतितोला १ हजार रूपैयाँले घटेर ९८ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार ९९ हजार रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै महासंघका अनुसार तेजावी सुनको मूल्य पनि १ हजार रूपैयाँले घटेको छ । आज तेजावी सुन ९७ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार तेजाबी सुन ९८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, चाँदीको मूल्य आज २० रूपैयाँले घटेको छ । आज चाँदी १३ सय २० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बुधबार चाँदी १३ सय ४० रुपैयाँमा कारोबार भएको थियो ।