सुरक्षा जाँचका क्रममा विस्फोटन नभएको एउटा बम इजरेलको प्रमुख अन्तर्राष्ट्रिय विमानस्थलमा एउटा अमेरिकी परिवारले निकालेपछि त्यहाँ केही बेर आतङ्कको स्थिति सिर्जना भयो।
सिरियासँगको युद्धपछि इजरेलले कब्जा जमाएको गोलन हाइट्स क्षेत्रको भ्रमणका क्रममा भेटिएको उक्त गोला उक्त परिवारले अमेरिकी लैजान खोजेको थियो।
सामाजिक सञ्जालमा प्रेषित भिडिओमा मानिसहरू आतङ्कित भएर भागदौड गरेको देखिन्छ।
सुरक्षाकर्मीहरूले सोधपुछ गरेर यात्राको अनुमति दिएपछि उक्त परिवारले चढ्न पाएको थियो।