बैशाख १८, २०७९ आइतबार

हेटौंडा। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली हेटौंडा आउँदै छन्। 

स्थानीय तह चुनाव र अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा आयोजना हुन लागेको आमसभालाई सम्बोधन गर्न ओली हेटौंडा आउन लागेका हुन्। एमाले मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठले आमसभामा जिल्लाको १० वटै स्थानीय तहबाट ४० हजारभन्दा बढी सर्वसाधारण उतार्ने बताए।

हेटौंडाका विभिन्न चार वटा नाकाबाट पैदल ¥याली गरी हुप्राचौरमा जम्मा भएर मध्याह्न १२ बजे कार्यक्रम सुरु गर्ने बताइएको छ। १ बजे पार्टी अध्यक्ष ओलीले कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम रहेको उनले जानकारी दिए।