शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले सेयर लिलाम खुल्ला आज बाट हुने भएको छ। कम्पनीले सर्वसाधारण समूहको ७७ हजार ७२० कित्ता सेयर लिलामी खुलाउने भएको हो।
वैशाख १९ सोमबार (आज) बाट खुल्ने लिलामीमा इच्छुक लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर त्यसभन्दा बढी भाउ तोकी बोलकबोल माध्यमबाट आवेदन दिनसक्ने छन् । लिलामी भर्ने अन्तिम म्याद वैशाख २६ गते तोकिएको छ ।
शिखर इन्स्योरेन्सले यस अघि शिखरले चैत १ गतेबाट चैत २१ गतेसम्म १०० रुपैयाँ अंकित मूल्यको ५२ लाख ७५ हजार ५७२ कित्ता सेयर बिक्री खुला गरेको थियो । उक्त नबिकेका हकप्रद कम्पनीले लिलामीमा ल्याएको हो । यसमा बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल लाजिम्पाट र यसको शाखा कार्यलय पुतलीसडक, लगनखेल, पोखरा, वीरगञ्ज, बुटवल र विराटनगरबाट पनि यसमा आवेदन दिन सकिनेछ । त्यसैगरी, नेपाल इन्भेष्टमेन्ट बैंकको नारायणगढ, हेटौंडा, बिर्तामोड, जनकपुर, तुल्सीपुर, दाङ, सुर्खेत, नेपालगञ्ज र धनगढी शाखाबाट आवेदन दिन सकिनेछ ।