काठमाडौं : नेपाल राष्ट्र बैंकले क्रेडिट कार्डको प्रयोगमा कडाइ गरेको छ। प्रयोगकर्ताले क्रेडिट कार्डको दुरुपयोग गरेको भन्दै राष्ट्र बैंकले कडाइ गरेको हो।
सामान्यतया क्रेडिट कार्डबाट नगद कारोबार गर्न पाइँदैन। तर अत्यावश्यक भएको अवस्थामा कार्डको स्वीकृत सीमाको १० प्रतिशतसम्म नगद झिक्न पाइन्छ। यस्तो सीमा हुँदाहुँदै पनि क्रेडिट कार्ड प्रयोगकर्ताले सतप्रतिशत नगद झिक्ने प्रवृत्ति बढेकाले यसलाई रोक्न कडाइ गरेको हो।