बैशाख २०, २०७९ मंगलबार

साथीको विवाहमा सरिक हुन नेपाल आएका भारतीय कंग्रेस पार्टीका नेता राहुल गान्धी  मध्यरातमा ठमेलस्थति एलओडी क्लब पुगेका छन्। 

क्लबमा गान्धी  पौने १२ बजे पुगेका थिए। क्लबमा उनले करिब डेढ घण्टा बिताएको जनाइएको छ।  क्लब स्रोतका अनुसार करिब २५ जनासहित उनी त्यहाँ पुगेका थिए।

सोमबार गान्धी भिस्तारा एयरलाइन्सको विमानबाट काठमाडौं आएका हुन्। उनी पूर्वराजदूत भीम उदासकी छोरी सुम्‍निमा उदासको वैवाहिक समारोहमा बिहीबार सरिक हुने कार्यक्रम छ।  

सुम्निमा सिएनएनकी पूर्व पत्रकार हुन भने नेता गान्धीकी साथी। गान्धी  ५ दिन नेपालमा बिताउने छन्। नेपालमा रहँदा उनी रारा र मुस्ताङ जाने छन्। गान्धी शुक्रबार स्वदेश फर्किनेछन्।

यसअघि पनि उनी २०७५ साल भदौ १५ गते नेपाल आएका थिए ।