बैशाख २०, २०७९ मंगलबार

नेपाल राष्ट्र बैंकले क्रेडिट कार्डको कारोबारमा र वालेट प्रयोगमा थप कडाई गरेको छ । बैंकले भुक्तानी प्रणाली सम्बन्धी एकीकृत निर्देशन-२०७८ मा संशोधनरथप गरेको छ ।

जस अनुसार अब वालेटमा रकम लोड गर्दा अनिवार्य प्रयोजन खुलाउनु पर्ने भएको छ । राष्ट्र बैंकको निर्देशिकामा भनिएको छ, "विद्युतीय वालेटमा रकम लोड गर्दा, एक वालेटबाट अर्को वालेटमा रकमान्तर गर्दा तथा अन्य विद्युतीय भुक्तानी कारोबार गर्दा अनिवार्य रुपमा प्रयोजन खुलाउनुपर्ने व्यवस्था गर्नुपर्नेछ।"

अब विद्युतीय वालेटमा ग्राहकले खाता खोल्दा तथा ग्राहक पहिचान विवरण अद्यावधिक गर्दा “पेश गरेको विवरण ठिक साँचो रहेको तथा सो विवरण झुटो ठहरिएमा कानुन बमोजिम सहुँलारबुझाउँला” भन्ने व्यहोराको विद्युतीय रुपमा स्वःघोषणा गर्न पनि लगाउनुपर्नेछ ।

त्यसैगरी, राष्ट्र बैंकले क्रेडिट कार्डको कारोबारमा थप कडाइ गरिएको छ ।  सामान्यतया क्रेडिट कार्डबाट नगद कारोवार गर्न पाइने छैन । तर अत्यावश्यक भएको अवस्थामा कार्डको स्वीकृत सीमाको १० (दश) प्रतिशतसम्म नगद झिक्न बाधा पुगेको मानिने छैन । साथै, क्रेडिट कार्डमार्फत वालेटमा लोड गरिएको रकम वस्तु तथा सेवाको विद्युतीय भुक्तानीको लागि मात्र प्रयोग गर्नुपर्नेछ । उक्त रकम बैंक खातामा ट्रान्सफर गर्न र नगद झिक्न नमिल्ने व्यवस्था सम्बन्धित भुक्तानी सेवा प्रदायक संस्थाले गर्नुपर्नेछू, निर्देशिकामा उल्लेख छ ।

निर्देशिका हेर्नुहोस्:

626fb98b7c935.jpg

626fb98f83fdf.jpg