बैशाख २०, २०७९ मंगलबार

सिक्लेस हाइड्रोपावरले जेठ १३ गते १७औं वार्षिक साधारण सभा आभ्या क्लब, घारीपाटन, पोखरामा बिहान ११ बजे बोलाएको छ । 

सभाले गत आर्थिक वर्ष ०७७/७८ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आवको लागि लेखापरीक्षक नियुक्त र निजको पारिश्रमिक निर्धारणको विषयलाई पनि टुङ्ग्याउनेछ । 

यस वर्ष कम्पनीले १० दशमलव ५३ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ । सो प्रस्तावलाई समेत सभाले वितरणयोग्य बनाउनेछ । 

कम्पनीले सर्वसाधारणमा  २० करोड बराबरको २० लाख कित्ता आईपीओ निष्कासनका लागि गत कात्तिक २९ गते नै नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । 

कम्पनीको आईपीओ स्वीकृति प्रकृया समीक्षा र टिप्पणी पठाइ सकिएको अवस्थामा रहेको छ ।

627093997f885.jpg