बैशाख २०, २०७९ मंगलबार

काठमाडौं । आर्थिक संकटसँग संघर्ष गरिरहेको श्रीलंकाले धेरै प्रयोग गरिने औषधिहरूको मूल्य ह्वात्तै बढाएको छ । त्यहाँ डेढ महिनाभित्र दोस्रो पटक औषधिको मूल्यवृद्धि भएको हो ।

एन्टिबायोटिक, दुखाइ कम गर्ने केही औषधि र मुटुको समस्या भएकाले प्रयोग गर्ने औषधिको मूल्य ४० प्रतिशतसम्मले बढेको छ ।

श्रीलंकालीहरू या त छोटो अवधिका लागि मात्रै औषधि लिन बाध्य छन् या उनीहरूले विदेशबाट हुने आपूर्तिमा भर पर्नुपरेको छ । सरकारले औषधिको मूल्यवृद्धि गर्नुबाहेक अरू विकल्प नभएको बताएको छ । गम्भीर आर्थिक संकट खेपिरहेको बेला देशको ढुकुटीबाट विदेशी मुद्रा रित्तिन थालेपछि सरकारले यस्तो निर्णय लिएको हो । बीबीसी