काठमाडौं, २० वैशाख । नेपाल प्रहरीका एआइजी सहकुल थापा अदालत नजाने निर्णयमा पुगेर काममा फर्किएका छन् ।
आइजीपी धीरज प्रताप सिंहको बढुवाप्रति असन्तुष्ट बने पनि एआइजी सहकुल थापा अदालत नजाने निर्णयमा पुगेका हुन् ।
तर, एआइजी विश्वराज पोखरेल सिंहको बढुवामा वरिष्ठता मिचिएको भन्दै सर्वोच्च अदालत पुगेका छन् । उनको मुद्या दर्ता भई बुधबारका लागि सुनुवाइ तोकिएको छ ।
एआइजीका रूपमा आफ्नो ब्याचीमध्ये विश्वराज पोखरेल पहिलो, सहकुल थापा दोस्रो र धीरजप्रताप सिंह तेस्रो वरियतामा थिए । सरकारले आइतबारको मन्त्रिपरिषद्को बैठकबाट सिंहलाई बढुवा गर्ने निर्णय गरेको थियो ।