बैशाख २०, २०७९ मंगलबार

काठमाडौँ । स्थानीय तह निर्वाचनका लागि भर्ना भएका म्यादी प्रहरीलाई सम्मानजनक व्यवहार गर्न गृहमन्त्री बालकृष्ण खाणले निर्देशन दिएका छन्।

गृहमन्त्री खाँणले अस्थायी भर्ना गरिए पनि म्यादी प्रहरीको भूमिका महत्त्वपूर्ण रहेकाले काममा लगाउँदा शीष्ट व्यवहार गर्न आग्रह गरेका हुन् । आज मंगलबार गृह जिल्ला पुगेका गृहमन्त्री खाँणले जिल्ला प्रशासन कार्यालय, रुपन्देहीमा भएको सुरक्षा निकायको बैठकमा यस्तो बताएका हुन्। साथै, उनले सुरक्षा व्यवस्था चुस्त बनाउनसमेत सुरक्षा निकायलाई निर्देशन दिएका छन्।