बैशाख २१, २०७९ बुधबार

काठमाडौं। लिभरपुल यूईएफए च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ।

गएराति भएको सेमिफाइनलको दोस्रो लेगमा भिल्ला रियललाई ३–२ गोलको जित निकाल्दै लिभरपुल समग्रमा ५–२ को नतिजासहित उपाधि नजिक पुगेको हो।

लिभरपुल पहिलो लेगमा २–० ले विजयी भएको थियो।  खेलको तेस्रो मिनेटमा बोउलाए डीयाले गोल गर्दै भिल्लालाई सुरुआती अग्रता दिलाएका थिए।

खेलको ४१ औं मिनेटमा फ्रान्सिस कोक्विनलिनले गोल गर्दै भिल्लालाई २–० को अग्रता दिलाए। खेलको ६२ औं मिनेटमा फाबिन्होले गोल गर्दै लिभरपुललाई २–१ को स्थितिमा ल्याए। ६७ औं मिनेटमा लुइस डियासले गोल गर्दै खेल २–२ को बराबरीमा ल्याए। त्यसपछि खेलको ७४ औं मिनेटमा साडियो मानेले गोल गर्दै लिभरपुललाई ३–२ को जित दिलाए।

अब उपाधिका लागि लिभरपुलले म्यानचेस्टर सिटी र रियल मड्रिडबीचको विजेतासँग खेल्नेछ। फाइनल खेल मे २८ मा हुनेछ।