बैशाख २१, २०७९ बुधबार

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय भक्तपुरले आसन्न स्थानीय तहको निर्वाचनका लागि सुरक्षा योजना तयार गर्दै १ हजार ५०० सुरक्षाकर्मी परिचालन गर्ने भएको छ।

जिल्लाका ४ नगरपालिकाका सबै मतदान स्थल तथा मतदान केन्द्रको सुरक्षाका लागि नेपाली प्रहरी , सशस्त्र प्रहरी बल र म्यादी प्रहरी परिचालित हुने प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बताए।