बैशाख २१, २०७९ बुधबार

काठमाडौं । शंकास्पद वस्तु राखिएको हल्लापछि बन्द रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुचारु गर्ने तयारी भएको छ ।

नेपाली सेनाले सबै स्थानमा जाँच गरिसकेको र शंकास्पद वस्तु नभेटिएपछि आन्तरिक उडान सुरु गर्ने तयारी थालिएको हो । 

आज बिहान अज्ञात व्यक्तिले बम रहेको भन्दै टेलिफोन आएपछि अधिकारीहरुले विमानस्थल बन्द गरेर सर्च अपरेसन चलाएका थिए ।