बैशाख २१, २०७९ बुधबार

आइएमई जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले वैशाख १२ गतेदेखि अवितरित हकप्रद सेयर लिलाम बढाबढ गरी बिक्री गरिरहेको छ । उक्त सेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।

आइएमई जनरल इन्स्योरेन्स कम्पनीले फागुन २२ गतेबाट चैत्र १३ गतेसम्म निष्कासन तथा बिक्री खुल्ला गरेको ४६ लाख ३० हजार ३ सय ४४ कित्ता हकप्रद सेयरमध्ये बिक्री नभएको संस्थापक समूहको २ हजार २ सय ६१ कित्ता र सर्वसाधारण समूहको ८८ हजार ९ सय ३४ कित्ता सेयरहरू लिलाम बढाबढ गरी बिक्री गरिरहेको हो । 

प्रतिकित्ता मूल्य कति ?

उक्त सेयरको न्यूनतम मूल्य प्रतिशेयर एक सय रूपैयाँ तोकिएको छ । लगानीकर्ताले सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ । 

कति दिने आवेदन ?

लगानीकर्ताले न्युनतम एक सय कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा सम्पूर्ण सेयरका लागि आवेदन दिन सक्नेछन् । 

को हो बिक्री प्रबन्धक ?

कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । 

कहाँबाट दिने आवेदन ?

ग्लोबल आइएमई क्यापिटल लिमिटेड र ग्लोबल आइएमई बैंक लिमिटेडको तोकिएका शाखा कार्यलयहरूबाट आवेदन दिन सक्नेछन् ।