काठमाडौं, २१ बैशाख । नेपालका लागि नयाँ भारतीय राजदूतमा भारतले नवीन श्रीवास्तवको नाम प्रस्ताव गरेको छ ।
नेपालका लागि नयाँ राजदूतमा प्रस्तावित श्रीवास्तवले भारतीय विदेश मन्त्रालयमा पूर्वी एसिया डिभिजनमा कार्यरत छन् । उनी चीन विज्ञका रूपमा समेत चिनिन्छन् । उनको नाम नेपालको नयाँ राजदूतमा प्रस्तावित भएको भारतीय अखबारहरूले पनि प्रकाशित गरेका छन् ।