सम्पत्ति शुद्धीकरण विभागका महानिर्देशक प्रेमकुमार भट्टराईलाई मातृ शोक परेको छ ।
नेपाल सरकारका सहसचिव भट्टराईकी आमाको ८४ वर्षको उमेरमा बुधवार राति १०ः ५५ मा सुनसरीको रामधुनी नगरपालिका ६ स्थित निवासमा निधन भएको पारिवारिक स्रोतले जानकारी दियो ।
अस्वस्थ भएपछि उनलाई केही समय विराटनगरस्थित एक अस्पतालमा उपचार गरिएको थियो ।