बैशाख २२, २०७९ बिहिबार

 चालु आर्थिक वर्षमा राष्ट्रिय वार्षिक कुल गार्हस्थ्य उत्पादन उपभोक्ताको मूल्यमा करिब ४८ खर्ब ५२ अर्ब हुनेमा सबैभन्दा बढी हिस्सा ३६.९ प्रतिशत योगदान पुग्ने देखिएको छ ।

बागमती प्रदेशको कुल गार्हस्थ्य उत्पादन उपभोक्ताको मूल्यमा करिब १७ खर्ब ९१ अर्ब हुनेछ भने सबैभन्दा कम हिस्सा ४.१ प्रतिशतको योगदान कायम गरी कर्णाली प्रदेशको उपभोक्ताको मूल्यमा १ खर्ब ९८ अर्बको हाराहारी हुनेछ । चालु वर्षको नौ महिनाको आर्थिक गतिविधि र थप ३ महिनामा हुन सक्‍ने क्रियाकलापलाई मध्यनजर गरेर प्रक्षेपण गरिएको छ । 

चालु आर्थिक वर्षमा पनि बागमती प्रदेश पछि कुल गार्हस्थ्य उत्पादनमा बढी योगदान प्रदेश १, लुम्बिनी, मधेस, गण्डकी र सुदूरपश्चिम प्रदेश पर्दछन् । कुल गार्हस्थ्य उत्पादनको वृद्धिदर चालु आर्थिक वर्षमा राष्ट्रिय तहमा उपभोक्ता मूल्यमा ५.८ प्रतिशतमा बागमती प्रदेशको आर्थिक वृद्धिदर सबैभन्दा बढी ६.७ प्रतिशत र मधेस प्रदेशको वृद्धिदर सबैभन्दा कम ४.८ प्रतिशत रहने छ । संशोधित अनुमान अनुसार गत आर्थिक वर्षमा बागमती प्रदेशको वृद्धिदर सबैभन्दा बढी ४.६ प्रतिशत देखियो भने गण्डकी प्रदेशमा सबैभन्दा कम दर ३.७ प्रतिशत रहने देखियो ।

औद्योगिक वर्गीकरण अनुसारको आर्थिक क्रियाकलापलाई हेर्दा गत आर्थिक वर्ष र यस आर्थिक वर्षमा बागमती प्रदेशबाहेक सबै प्रदेशमा कृषि क्षेत्रको योगदान हिस्सा सबैभन्दा बढी छ भने बागमतीमा थोक तथा खुद्रा व्यापार क्षेत्रको योगदान सबैभन्दा बढी देखिएको छ ।

यसो हुनुमा प्रदेशमा बढ्दो शहरीकरण, बढी जनसंख्या, राष्ट्रिय तहका ठूला व्यापारिक कारोबार आदि हुन् । त्यसैगरी राष्ट्रिय तहमा दोस्रो हिस्सा ओगटेको व्यापार क्षेत्र प्रदेश १, मधेस प्रदेश र लुम्बिनीमा दोस्रो हिस्सामै कायम रहेको छ भने बागमती प्रदेशमा घरजग्गासम्बन्धी कारोबार तथा आफ्नै आवासको सेवाको हिस्सा दोस्रो छ ।

यसैगरी गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सार्वजनिक प्रशासन र सुरक्षा क्षेत्रको योगदान दोस्रो देखिएको छ । बागमती र मधेस प्रदेशबाहेक सबै प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा प्रशासनिक सहयोगी सेवा क्रियाकलापको योगदान सबैभन्दा न्यून देखिएको छ ।

प्रदेश १स्  यस आर्थिक वर्षमा यस प्रदेशको कुल गार्हस्थ्य उत्पादन उपभोक्ताको मूल्यमा करिब ७ खर्ब ६३ अर्ब हुनेछ भने गत आर्थिक वर्षको संशोधित अनुमान करिब ६ खर्ब ७६ अर्ब रहेको छ । यस प्रदेशले राष्ट्रिय तहको कुल गार्हस्थ्य उत्पादनमा १५.७ प्रतिशत योगदान पुर्‍याउने छ । यसैगरी गत आर्थिक वर्षमा कुल गार्हस्थ्य उत्पादनको वृद्धिदर ४.३ प्रतिशतले थियो भने चालु आर्थिक वर्षमा सुधार भएर ५.४ प्रतिशत कायम रहने छ ।

कुल गार्हस्थ्य उत्पादनमा सबैभन्दा बढी योगदान ३३.१ प्रतिशत कृषि क्षेत्रको (यहाँ कृषि क्षेत्र भन्नाले कृषि, वन तथा मत्स्यपालन समेतलाई जनाउँछ) रहनेछ भने सबैभन्दा कम योगदान ०.४ प्रतिशत प्रशासनिक सहयोगी सेवा क्षेत्रको रहने अनुमान छ ।