बैशाख २२, २०७९ बिहिबार

काठमाडौँ । कम्पनी रजिष्ट्रारको कार्यालयले वैशाख २३ गतेदेखि कम्पनी दर्ता, कम्पनी प्रशासन र अभिलेखसम्बन्धी कार्यहरू स्थगन गरिएको जनाएको छ । बिहीबार कार्यालयका उप-रजिष्ट्रार अच्युत ढुङ्गानाद्वारा जारी गरिएको सूचनामा अत्यावश्यक परेको बाहेक अन्य कार्यहरू स्थानीय तहको निर्वाचनपश्चात् मात्र सुचारु हुने जनाइएको छ ।

यही बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा कार्यालका अधिकांश कर्मचारीहरूलाई निर्वाचनमा खटाइएको हुँदा निर्वाचनपश्चात् मात्र कार्यहरू पुन: सुरु हुने सूचनामा उल्लेख छ ।