बैशाख २३, २०७९ शुक्रबार

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमले आज जिम्बावे ‘ए’विरुद्ध प्रतिस्पर्धा गर्दै छ । नेपालले पहिलो एकदिवसीयमा जिम्बावे ‘ए’ विरुद्ध खेल्न लागेको हो ।

खेल टियु क्रिकेट मैदानमा बिहान ९ः३० बजे शुरु हुनेछ । नेपाल जिम्बावेविरुद्ध जित निकाल्दै एकदिवसीय सिरिजमा सुखद सुरुआत गर्न चाहन्छ । तर, जिम्बावेविरुद्ध जित निकाल्न नेपाललाई सहज छैन ।

यसअघि टी-ट्वान्टी सिरिजअन्तर्गत दोस्रो खेल वर्षाले प्रभावित भएको थियो । आज पनि उपत्यकामा पानी परेकाले खेल प्रभावित हुनसक्ने अनुमान गरिएको छ । तीन खेलको टी-ट्वान्टी सिरिज १-१ को बराबरीमा सकिएको थियो ।