काठमाडौँ । सर्वोच्च अदालतका न्यायाधीशद्वय सुष्मालता माथेमा र नहकुल सुवेदीको संयुक्त इजलासमा पूर्वमन्त्री मोहम्मद अफ्ताव आलमको विस्फोटक पदार्थ बमसमेतको प्रयोग गरी ज्यान मार्ने उद्याेग र कर्तव्य ज्यान सम्बन्धी कसुर गरेको मुद्दामा सुनुवाइ भइरहेको छ । गत शुक्रबार यो मुद्धा ‘हेर्दाहेर्दै’मा राखिएको थियो ।
जिल्ला अदालत रौतहटले आलमलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश गरेको थियो । जिल्लाको आदेशलाई उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासले समेत सदर गरेपछि आलम थुनामुक्त गराउन माग राख्दै सर्वोच्च पुगेका हुन् । दुवै पक्षकाे बहस सकिएका कारण आजै आदेश आउने अनुमान गरिएको छ ।