चैत १२, २०७७ बिहिबार

 

महेश सिंह  लहान : सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका मा नि-सुल्क तिन दिने बाली उपचार तथा परामर्श शिबिर सुरु भएको छ।यस पालिका भित्र रहेको किसानहरुको उपज बढाउने उद्देश्य ले उक्त शिबिरको आयोजना गरेको कृषि प्रसार अधिकृत ईन्द्र नारायण चौधरी ले जानकारी दिनु भयो।

 गाउँ पालिका १ पिपराबाट सुरु गरेको शिबिर दोस्रो दिन महेशपुर ३ र तेस्रो दिन सितापुर ६ मा हुने भएको छ। कृषि बिकास शाखा लक्ष्मीपुर पतारीको प्राविधिक सहायक चतुर नारायण चौधरी ले जानकारी दिनु भयो।किसानहरुको बाली पहिचान गरी उक्त बिसादी वितरण गर्न लागेका छन्।

बाली प्रयोग साला सिरहाको अधिकृत मानन चौधरी ले बालि पहिचान गरी उपचार तथा परामर्श सहित ५ किसिमको बिसादी दिने गरेको सकुन्तला कुमारी साह ले जानकारी दिनु भयो।किसानहरुले लगाएको बालिनालीमा लाग्ने रोग मध्ये लाही,पम्येपिङ्ग,मधुवा लगायतका रोगहरु बढी नै लागने गरेको हो। 

बाली बिज्ञ चौधरी ले रोग पहिचान गरी बिसादीहरुमा साईपर मेथिन ,सुपर किलर,जिमिरा मलटी पलेक्स,बायो किटानासक लगायत ५ किसिमको बिसादी निसुल्क रुपमा किसानहरुलाई दिने गरेका छन्।

बिगत केहि महिना अगाडि किसानहरुलाई च्याउको बिउ निसुल्क रूपमा गाउँ पालिका ले वितरण गरेका प्राविधिक सहायक चतुर नारायण चौधरी ले बताए। बाली उपचार र परामर्श लिन र बिसादी लिन किसानहरुको भिड लागेको थियो । बिसादी पाउदै किसानहरु   खुशी भएका थिए ।