बैशाख २४, २०७९ शनिबार

काठमाडौँ। इटालियन सिरी ए फुटबलमा युभेन्ट्स जेनोयासँग २(१ अन्तरले पराजित भएको छ ।

खेलको ४८ मिनेटमा पाउलो ड्यबलाले गोल गर्दै भ्रमणकारी टोली युभेन्ट्सलाई अग्रता दिलाएका थिए ।

तर, अन्तिम तीन मिनेटमा सम्हालिन नसक्दा युभेन्ट्सले दुई गोल बेहोर्न बाध्य भयो ।

पराजित भएसँगै युभेन्ट्स तेस्रो स्थानमा उक्लनबाट बन्चित भएको छ ।