बैशाख २५, २०७९ आइतबार

काठमाडाैँ । बैशाख ३० गते अत्यावश्यकबाहेकका सबै उडानहरू बन्द हुने भएका छन् ।

वायुसेवा सञ्चालक संघ नेपालले आइतवार सूचना जारी गर्दै स्थानीय तहकाे निर्वाचनकाे मतदानकाे दिन सबै किसिमका आन्तरिक उडानहरू बन्द हुने जनाएकाे हाे ।

संघका प्रवक्ता याेगराज कँडेलद्वारा जारी सूचनामा संघमा आवद्ध सबै सदस्य कम्पनीहरूले साे दिन उडानहरू बन्द गर्न समेत भनिएकाे छ ।

मानवीय उद्दार, सहायता उडान तथा सरकारी निर्देशनमा हुने उडानहरू भने भरिने प्रवक्ता कँडेलले जानकारी दिए ।