बैशाख २५, २०७९ आइतबार

काठमाण्डाैँ – स्थानीय तहको चुनावका दिन देशभर पानी पर्ने प्रक्षेपण गर्दै आवश्यक पूर्वतयारी गर्न मौसमविद्‌हरूले सम्बन्धित सबैलाई सचेत गराएका छन् । बङ्गलाकाे खाडीमा बैशाख २३ गतेदेखि उत्पन्न न्यून चापीय अवस्था आज आइतबार समुद्री आँधीका रूपमा विकसित हुँदै गएको र त्यसको असर नेपालमा पनि पर्ने भएकाले आवश्यक पूर्वतयारी गर्न माैसमविद्हरूले सुझाएका हुन् । 

जलवायुविद् डा. धर्मराज उप्रेतीले चुनवाका दिनमा पानी पर्ने सम्भावनालाई मध्यनजर गर्दै मतपत्र, मतपेटिकालगायतकाे सुरक्षामा ध्यान दिन सुझाव दिए ।