बैशाख २६, २०७९ सोमबार

काठमाडौँ – नेपाल भ्रमणमा रहेको  जिम्बावे ‘ए’र नेपालबीचको अन्तिम तथा निर्णायक एक दिवसिय खेल आज हुँदैछ ।

कीर्तिपुरस्थित टियू क्रिकेट मैदानमा हुने खेल साढे ९ बजे हुने तालिका रहेको छ । तर राति परेको वर्षाका कारण आउटफिल्ड भिजेका कारण टस केही समय पर धकेलिने क्यानले जनाएको छ ।

नेपाल र जिम्बावे ए बीचको तीन एकदिवसिय सिरिज १–१ को बराबरी अवस्थामा छ ।

पहिलो खेलमा जिम्बावे तीन विकेटले विजयी भएको थियो भने  दोस्रो खेलमा नेपाल ९ विकेटको विजयी हुँदै शृंखला बराबरी गर्न सफल भएको थियो ।

अन्तिम खेलमा समेत लगातार जित निकाल्दै नेपाल शृंखला घरमै राख्न चाहन्छ ।