बैशाख २६, २०७९ सोमबार

जेठ महिनाबाट शुक्रबार पनि सेयर बजार खुल्ने भएको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले  एक सूचना प्रकाशन गर्दै जेठदेखि शुक्रबार पनि सेयर बजार खुल्ने जानकारी दिएको हो । 

नेप्सेको सूचनामा भनिएको छ, 'नेपाल सरकार मन्त्रिपरिषदको मिति २०७९ बैशाख २३ मा बसेको बैठकले २०७९ जेठ १ गते देखि लागु हुने गरी बिहान ९:३० बजे देखि साँझ ५:३० बजे सम्म कार्यालय समय कायम गर्ने, शनिबार र आइतबार साताको दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हुदाँ सोहि अनुरुप सोमबार देखि शुक्रबार सम्म धितोपत्रको कारोबार गर्ने नेप्से सञ्चालक समितिको मिति २०७९/०१/२१ गतेको निर्णयानुसार जानकारीका लागि अनुरोध छ ।'

नेप्सेले प्रकाशन गरेको सूचना यस प्रकारको छ:

6277b3cdbfe58.jpg