काठमाडौँ । स्थानीय तह निर्वाचनका लागि सरकारले चीन र भारतसँग जोडिएका अन्तरराष्ट्रिय सीमा क्षेत्रमा आवागमन आज मध्यरातिबाट ‘सिल’ गर्ने भएको छ ।
आज मध्यरातदेखि मतदान हुने दिनको मध्यरातसम्म सीमा बन्द गर्ने निर्वाचन आयोगको निर्णयअनुसार सीमावर्ती जिल्लाका प्रशासन कार्यालयहरूलाई निर्देशन दिइसकिएको गृह मन्त्रालयले जनाएको छ । नेपालको भारतसँग करिब १ हजार ८ सय ८० किमि र चीनसँग करिब १ हजार ४ सय १४ किमि लम्बाइको सीमा छ । ४२ जिल्ला चीन र भारतसँग जोडिएका छन् ।