चैत १२, २०७७ बिहिबार

प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमाले संसदीय दलको बैठक बोलाएका छन् ।

उनले शुक्रबार दिउँसो ३ बजेका लागि बैठक बोलाएका हुन् । बालुवाटारमा बस्ने बैठकमा दलको गतिविधिबारे छलफल हुने बताइएको छ ।

यसअघि गएको शनिबार बसेको बैठकले गुटगत गतिविधि गर्नेहरुलाई स्पष्टिकरण सोध्ने निर्णय गरेको थियो ।