बैशाख २७, २०७९ मंगलबार

काठमाडौं: इण्डियन प्रिमियर लिग आइपिएल क्रिकेटमा गएराति कोलकाता नाइट राइडर्सले मुम्बई इण्डियन्सलाई ५२ रनले पराजित गरेको छ। पाँच पटकको विजेता मुम्बईले यो सिजनमा खराब प्रदर्शन गरिरहेको छ। ​

डिवाइ पाट्ली स्पोर्टस् एकेडेमी मुम्बइमा कोलकाताले दिएको १ सय ६६ रनको लक्ष्य पछ्याएको घरेलु टोली मुम्बइ १७ दशमलब ३ ओभरमा १ सय १३ रनमै समेटियो। उसका लागिइशन किसानले सर्वाधिक ५१ रनको योगदान गरे। 

केइरोन पोलार्डले १५, टिम डेभिडले १३ र रामदीप सिंहले १२ रन जोड्नुबाहेक अरु खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन्। मुम्बइलाई सस्तैमा समेट्न कोलकाताका प्याट कमिन्सले ३, आन्द्रे रस्सेलले २ तथा सुनिल नराइन र टिम साउदीले एक एक विकेट लिए। 

यसअघि टस हारेर पहिला ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ६५ रन बनाएको थियो। उसका वैंकटेश आयर र नितिश रानाले ४३–४३ रन जोडे भने अजिन्क्या रहानेले २५ रन बनाए। रिंकु् सिंह २३ रनमाअविजित रहे। मुम्बइका जस्प्रित बुम्राहले ५ विकेट लिए। 

एघार खेलमा २ खेल मात्रै जितेको मुम्बइ तालिकाको पुच्छारमा यथावत छ । कोलकाता भने ५ खेल जितेर १० अंकसहित तालिकाको सातौं स्थानमा रहेको छ।