बैशाख २७, २०७९ मंगलबार

शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले वैशाख १९ गते, सोमबारदेखि लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेको अवितरित हकप्रद सेयर भर्ने आज (वैशाख २७ गते, मंगलबार) अन्तिम दिन रहेको छ ।

कम्पनीले  चैत १ गतेबाट चैत २१ गतेसम्म निष्कासन तथा बिक्री खुल्ला गरेको ५२ लाख ७५ हजार ५७२ कित्ता हकप्रद सेयरमध्ये बिक्री नभएको सर्वसाधारण समूहको ७७ हजार ७ सय २० दशमलव ८८ कित्ता सेयरहरू लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेको हो ।

प्रतिकित्ता मूल्य कति र?

उक्त सेयरको न्यूनतम मूल्य प्रतिशेयर एक सय रूपैयाँ तोकिएको छ । लगानीकर्ताले सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ । 

कति दिने आवेदन ?

लगानीकर्ताले न्युनतम एक सय कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा सम्पूर्ण सेयरका लागि आवेदन दिन सक्नेछन् । 

को हो बिक्री प्रबन्धक ?

कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । 

कहाँबाट दिने आवेदन ?

लगानीकर्ताले एनआईबिएल एस क्यापिटल लिमिटेड र नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको तोकिएका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन् ।