नेपाल आयाल निगमले स्थानीय चुनावका कारण डिजेल र पेट्रोलको खपत बढेको जानकारी दिएको छ। निगमका प्रवक्ता विनितमणि उपाध्यायका अनुसार सामान्य अवस्थामा पेट्रोल दैनिक २२ सयदेखि २५ सय किलोलिटर बिक्री हुन्थ्यो। चुनाव नजिकिँदा ३५ सय किलो लिटरसम्म बिक्री भएको छ।
त्यस्तै, डिजेल सामान्य अवस्थामा दैनिक ५ हजार पाँच सयदेखि ६ हजार किलो लिटरसम्म बिक्री हुने गरेकोमा अहिले सात हजारदेखि साढे सात हजार किलो लिटरसम्म बिक्री भएको छ।
यो तथ्यांक हेर्दा अहिले डिजेलको खपत ३० प्रतिशत र पेट्रोलको खपत ४० प्रतिशतले वृद्धि भएको देखिन्छ।