बैशाख २८, २०७९ बुधबार

आज सुन प्रतितोला ९७ हजार रुपैयाँमा कारोबार भइरहेको छ।

त्यसैगरी चाँदी प्रतितोला १२ सय ४५ रुपैयाँमा कारोबार भइरहेको सुन-चाँदी व्यवसायी महासंघले जनाएको छ। 

आज सुनको मूल्य अघिल्लो दिनको तुलनामा एक हजार रुपैयाँ र चाँदी प्रतितोला ३० रुपैयाँ घटेको हो।

मंगलबार सुन प्रतितोला ९८ हजार रुपैयाँ र चाँदी प्रतितोला १२ सय ७५ रुपैयाँमा कारोबार भएको थियो। 

अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १८ सय ३९ अमेरिकी डलरमा कारोबार भइरहेको छ।