निर्वाचन आयोगले सूचना जारी गर्दै नेपाल सरकार वा प्रदेश सरकारको आधिकारिक निकायबाट जारी भएको प्रेस पास भएका सञ्चारकर्मीहरूका हकमा त्यस्ता सञ्चारकर्मीले प्रयोग गर्ने सवारी साधनका लागि सवारी अनुमतिपत्र आवश्यक नपर्ने भएको जनाएको छ ।
यसैगरी आयोगले प्रेस पास नभएका सञ्चारकर्मीहरूको हकमा सम्बन्धित सञ्चार गृहको आधिकारिक पत्रमार्फत् अनुरोध भई आएमा प्रमुख जिल्ला अधिकारी, काठमाडौँले सवारी अनमुतिपत्र जारी गर्न सक्ने बताएको छ।
अनुमति प्राप्त सवारी साधनबाहेक अन्यलाई भने सञ्चालनका लागि रोक लगाइएको छ।