बैशाख ३०, २०७९ शुक्रबार

बिहिबार राजधानीको ठमेलस्थित एक होटेलमा तीन वटा जीवन बीमा कम्पनीहरु एक आपसमा मर्जरमा जाने सम्झौता गरे।  ती कम्पनी हुन् प्राइम लाइफ, गुराँस लाइफ र युनियन लाइफ।  

कार्यक्रममा गुराँस लाइफ इन्स्योरेन्स कम्पनीका अध्यक्ष विवेक दुगड, युनियन लाइफ इन्स्योरेन्स कम्पनीका अध्यक्ष सुलभ अग्रवाल र  प्राईम लाइफ इन्स्योरेन्स कम्पनीका अध्यक्ष पियुषराज अर्यालले आपसमा मर्जरमा जाने सम्झौता (एमओयु) मा हस्ताक्षर गरेका थिए ।

एक आपसको मर्जर पछि गाभिएर नयाँ कम्पनी बन्ने सम्झौतामा उल्लेख छ। यो नै  नेपालमा पहिलो पटक जीवन बिमा कम्पनी मर्जरमा जान लागेका हुन्। 

हाल प्राइम लाइफको चुक्ता पूँजी २ अर्ब ७७ करोड ९६ लाख १६ हजार रुपैयाँ ,गुराँस लाइफको २ अर्ब ८ करोड ४२ लाख ५० हजार रुपैयाँ र यूनियन लाइफको २ अर्ब १५ करोड रुपैयाँ चुक्ता पूँजी रहेको छ ।स्वाप रेसियो डिडिए मुल्यांकन पछि तय हुनेछ । 

यदि १ : १ : १ अनुपातमा सेयर स्वाप रेसियो तय गरे मर्जर पछि  ७ अर्ब १ करोड ३८ लाख ६६ हजार  चुक्ता पूँजीको कम्पनी बन्ने छ । यी नेपाल लाइफपछि दोस्रो ठुलो चुक्ता पूँजी भएको कम्पनी हुनेछ।