चैत १२, २०७७ बिहिबार


काठमाण्डौ। म जेलमा छु।जेलमा रहेको व्यक्तिको बारेमा बाहिर भ्रामक र कपोल्पित कुराहरु ल्याउनु विलकुलै गलत हो। बाहिर केही मिडियाहरुले गरेको गलत प्रचार प्रति मेरो ध्यान आकृष्ट भएको छ। जेलमा रहे पनि म सांसद हुं। मेरो मर्यादा मलाई थाहा छ।

म गलत शब्दले कसैलाई प्रहार गर्न पनि सक्दिन। पार्टीको विधि र पद्दती तथा प्रकृया अनुसार अध्यक्ष महन्त ठाकुरले काम गरि नै रहनु भएको छ। मेरो दलका अन्य नेताले म प्रति देखाउनु भएको सदासयता प्रति म निकै नै हर्षित छु।

सरकारमा सहभागी हुने नहुने निर्णय मेरो एकल प्रयासले सम्भव हुने कुरा पनि होईन। त्यो पार्टीमा निर्णय होला। पार्टीले गर्ने हरेक निर्णयको म बाधक बन्नु कल्पना बाहिरको कुरा हो। कृपया जथाभावी ,कपोलकल्पित र भ्रामक समाचार लेखेर गलत कार्य नगरिदिनु होला। 

रेशम चौधरी
सांसद प्रतिनिधि सभा नेपाल
हाल केन्द्रिय कारागार डिल्लीबजार