बैशाख ३०, २०७९ शुक्रबार

काठमाडौं । नेपालमा गत चौबीस घण्टामा थप ७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरबाट १ हजार १४८ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा ७ जनामा संक्रमण पुष्टि भएको हो ।

२८९ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा कसैमा पनि संक्रमण देखिएको छैन् । नेपालमा हाल जम्मा १६५ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।

त्यस्तै, गत चौबीस घण्टामा थप १६ जना कोरोना भाइरस संक्रमण मुक्त भइ डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त भइ डिस्चार्ज हुनेको कुल संख्या ९ लाख ६६ हजार ८७२ जना पुगेको छ । कोरोना संक्रमण मुक्त हुनेदर ९८ दशमलव ८ प्रतिशत रहेको छ ।